• शनिबार ८-१-२०७५/ Saturday 17-11-2018
  • Studio time 07:25:58

  • Up Next:
About Us

     रेडियो सरोबर एउटा मनोरञ्जनात्मक र सन्देशमुलक रेडियो हो ।यो रेडियो मकवानपुर जिल्लाको २४ घण्टा प्रसारण हुने र प्रिथकधारको एकमात्र रेडियो हो । गरिबीको रेखामुनी रहेका, जातीय विभेदको पीडा भोगिरहेका, अशान्ती र अस्थिरताको रापले जलिरहेका, शिक्षाको उज्यालोबाट बञ्चित नेपालीका आवाज यहाँ जस्ताको तस्तै समेटिने छन् र तिनै विषयहरुमा नयाँ सम्भावनाको खोजी गर्न हरेक नेपालीसँग हातेमालो गर्दै सोही अनुरुपका कार्यक्रम निर्माण गरी समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न रेडियो सरोबर जुुटिरहेको छ । जसका लागि यूवा जगतको सहभागिता, बालक–वृद्ध सबैको सामिप्य, आवाज विहिनहरुको आवाजलाई टड्कारो रुपमा प्रस्तुत गर्दै मनोरञ्जन र शिक्षा सँगसँगै प्रदान गर्ने लक्ष्य यस एफ एम को रहेको छ ।
       हेटौडाको नारायणीमलमा स्टेशन रहेकोे यो रेडियोको प्रसारण ९२।५ मेगाहर्जमा मकवानपुर संगै बारा,पर्सा,रौतहट,सिन्धुली र सर्लाही जिल्लामा समेत सुन्न सकिन्छ भने धधध।कबचयदबच।अयm।लउ मार्फत संसारभरी सुन्न सकिन्छ।