• शनिबार ८-१-२०७५/ Saturday 17-11-2018
  • Studio time 07:03:13

  • Up Next:

ट्याङकर दुर्घटना हुँदा २ जनाको ज्यान गयो

SITENAME

उदपुरको कटारी नगरपालिका–११, गहुँबारीमा ट्याङकर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ३ गम्भीर घाइते भएका छन् ।

ना ६ ख ३२३१ नंम्बरकाे तेल बोकेको ट्याङकर सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाने क्रममा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार, बारा अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तानको दुर्घटनामा परी ज्यान गएको छ ।

दुर्घटनामा ३ जना गम्भीर घाइते  भएका छन् । भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले घाइते भएका हुन् ।

उदयपुरका प्रहरी प्रमुख नवराज भट्टका अनुसार गम्भीर घाइतेहरुलाई अहिले एम्बुलेन्समार्फत काठमाडौँ पठाउने कार्य शुरु भएको छ ।

प्रतिकृया दिनुहोस